काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ।
आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

September 8, 2025, Jyotishsanchar press

