काठमाडौं । जेनजी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि सहकारी प्रकरणमा नक्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन जेलबाटै आग्रह गरेका छन्।
उनले ४ बुँदे सन्देश जारी गर्दै भनेका छन्, ‘सकेसम्म छिटो जेनजीसहितको अन्तरिम नागरिक सरकार गठन होस्, २०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस्। त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस्, आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन वा पुनर्लेखनका लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस्, आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस्।’

September 9, 2025, Jyotishsanchar press

