आज सुन चाँदीको मूल्य हालसम्मकै उच्चविन्दुमा

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेकाे छ ।

आज सुन तोलामा ३ हजार एक सय रुपैयाँले बढेर दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साेमबार सुन तोलाको २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Gold

September 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको