अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई सेनाको आग्रह

काठमाडाैं । नेपाली सेनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ। तर अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जनाएको छ ।

अहिले काठमाडाैं उपत्यकाका विभिन्न सडकमा सेनाले गस्ती गरिरहेको छ । गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।

Asokraj Sidgel Chief

September 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको