काठमाडौँ । सर्वोच्च अदालतका सम्पूर्ण काम कारबाही ठप्प भएको छ । आज अदालत प्रशासनले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण पेसी स्थगित गरिएको जनाएको हाे ।
‘आगजनीको कारण सर्वोच्च अदालत पूर्णरूपमा जलेर अदालतमा रहेको मुद्दाका मिसिल, सर्भर, इजलाससमेत नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरासमेत जानकारीको लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।

September 10, 2025, Jyotishsanchar press

