काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै मुलुकको विषम परिस्थितीका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको उल्लेख गरेकाे छ ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको सुरक्षामा गम्भीर असर पर्ने जारी सूचनामा उल्लेख छ ।

September 10, 2025, Jyotishsanchar press

