काठमाडाैं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ।
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ।
भदौ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते बिहान ५ बजेसम्म भने कर्फ्यू आदेश रहने सेनाले जनाएको छ।

September 11, 2025, Jyotishsanchar press

