काठमाडाैं । काठमाडाैं महानगरका मेयर बालेन्द्र साहले अन्तरिम सरकारका लागि आफ्नाे समर्थन पूर्वप्रधानन्यायाधिश शुशीला कार्कीलाई रहने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्ताे बताएका हुन् ।
उनले जेनजी युवाहरुलाई नआत्तिन र धैर्य भएर अघि बढ्न अनुराेध गरेका छन् । साथै राष्ट्रपतिलाई जेनजीका माग पूरा गर्दै संसदको विघटन गराउन पनि अनुराेध गरेका छन् ।

September 11, 2025, Jyotishsanchar press

