सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ ।

आज सुन तोलाकाे दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। याे अघिल्लाे दिनकाे तुलनामा ५०० काे गिरावट हाे । बुधबार सुन तोलाको २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलाको २ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Gold

September 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको