काठमाडौँ । सर्वोच्च अदालतले भदौ २९ गते आइतबारदेखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ शुरु गर्ने जनाएको छ।
बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज विज्ञप्ति जारी गर्दै जानकारी दिए।
भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानन्यायाधीश राउतले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

September 11, 2025, Jyotishsanchar press

