सुनको मूल्यमा आज नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैंयाँ पुगेको छ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो । आज सुन एक हजार एक सयले बढेकाे हाे।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ६० रुपैंयाँ बढेर तोलामा २ हजार ५६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Gold

September 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको