काभ्रेमा निषेधाज्ञा तथा कर्फ्यु हट्याे

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हाल अवस्था सामान्य हुँदै गएकाले निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाइएको विज्ञप्तिद्वारा जानकारी दिनुभएको हाे ।

साथै सामाजिक सद्भाव कायम राख्दै सहयाेग गर्न उहाँले सबैलाई अनुराेध पनि गर्नु भएकाे छ । यस अघि शुक्रबार जारी निषेधाज्ञा तथा कर्फ्यु आज बिहानसम्म कायम थियाे ।

Cdo Office Kavre

September 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको