कटुवा पेस्ताेल र ३६ राउण्ड गोलीसहित एक जना पक्राउ

धुलिखेल । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाका वडानम्बर ७ का सन्ताेष श्रेष्ठ एउटा कटुवा पेस्ताेल र ३६ राउण्ड गोलीसहित पक्राउ परेका छन् ।

प्रहरीले आज उनलाई पक्राउ गरिएकाे जनाएकाे छ। मण्डनदेउपुर ७ का प्रेमबहादुर श्रेष्ठका ३४ वर्षिय छाेरा सन्ताेष बनेपा नगरपालिका ९ लायकुमा भाडामा बस्दै आएका थिए ।

हाल उनी जिल्ला प्रहरी कार्यालय धुलिखेलकाे नियन्त्रणमा रहेकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Whatsapp Image 2025 09 13 At 13.02.25

September 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको