काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेकाे असहज अवस्थामा एउटा कठिन परिस्थितीका बीच शान्तिपूर्ण निकास निस्किएकाे बताएका छन् ।
शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले यसका लागि बडो जुक्तीले प्राप्त अवसरको सदूपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल पनि गरेका छन् ।
राष्ट्रपति पौडेलले भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितीमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

September 13, 2025, Jyotishsanchar press

