आज सुनको मूल्य घट्याे

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा ७०० ले घटेर २ लाख १५ हजार १०० रुपैंयाँ कायम भएकाे छ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज बढेको छ। शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैंयाँ बढेर तोलामा २ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Gold

September 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको