काभ्रे प्रहरीद्वारा विभिन्न कारागारबाट फरार ३७ कैदीबन्दी पक्राउ

धुलिखेल । विभिन्न कारागारबाट फरार भएका ३७ थुनुवा तथा कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेर सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको जनाएकाे छ।

सोमबार भएको जेनजी आन्दोलनकाे फाइदा उठाउँदै विभिन्न कारागारहरूबाट फरार भएका बन्दी तथा थुनुवालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार यस कार्यालय तथा माताहत कार्यालयहरूबाट ड्युटीमा खटिएको प्रहरी टोलीले वडा एरिया अन्तर्गत विभिन्न स्थानहरूबाट ती बन्दीलाई नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा पठाएको छ।

जसमा कर्तव्य ज्यान मुद्दाका १२ जना, जबरजस्ती करणी मुद्दाका ९ जना, लागूऔषध कारोबारी ४ जना, चोरी गर्ने ४ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना, ओभर स्टेका एक जना, ठगीसम्बन्धी मुद्दाका २ जना र मानव बेचबिखनसम्बन्धी मुद्दाका १ जना गरी ३७ जना लाई पक्राउ गरिएको हो ।

Arest Pakrau 1

September 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको