तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारकाे मन्त्रिपरिषद् विस्तार गरिएकाे छ । हाललाई तीन जना मन्त्रीहरु नियुक्त भएका हुन् ।

नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् ।

ओमप्रकाश अर्याल गृह र कानुन मन्त्रालयमा नियुक्त भएका छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

Mantri Naya

September 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको