काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्यरुपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा १०० ले बढेर २ लाख १५ हजार २०० रुपैंयाँ कायम भएकाे छ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। शुक्रबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैंयाँ बढेर तोलामा २ हजार ५७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

September 15, 2025, Jyotishsanchar press

