जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्मानमा शोक दिवस मनाइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने उनले बताएका छन्।

कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्नेछ। यस्तै मृतकका परिवारलाई काजकिरियाका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

Om Prakash Aryal

September 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको