बीपी राजमार्गमा २४ सै घण्टा सवारी साधन सञ्चालन हुने

धुलिखेल । असाेज १ गतेदेखि बीपी राजमार्गमा २४ सै घण्टा सवारी साधन सञ्चालन हुने भएकाे छ । चाडपर्वलाई लक्षित गर्दै सुरक्षा सतर्कता अपनाउँदै सवारी सञ्चालन गर्न दिइने जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चाेककाे बैठकले निर्णय गरेकाे हाे ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै यसकाे जानकारी दिनुभएकाे हाे । यसअघि वर्षायाममा हुने बाढी र पहिराेकाे जाेखिमलाई मध्यनजर गर्दै (भदाै ३० गते) आजसम्म यहाँ साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारी सञ्चालन निषेध गरिएकाेमा साे निर्णयकाे अवधि सकिएकाे छ ।

Bp Highway Roshi Kavre Sadak Bp 1749453254

September 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको