काठमाडौँ । हरेक १५ दिनमा इन्धनकाे मूल्यमा हेरफेर गर्दै आएकाे नेपाल आयल निगमले यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई लक्षित गर्दै निगमले मूल्यलाई यथावत राखिएको जनाएकाे छ ।
आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडपर्व नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

September 15, 2025, Jyotishsanchar press

