पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा (भिडियाेसहित)

काठमाडौँ । सोमबारदेखि देशभर सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ८ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्तरूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण शुरु गरेका हुन् ।

तर, भदाै २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो ।

यद्यपी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् आजदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकाे जनाएको छ।

Supath Pasal

September 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको