काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजार नाै सयले बढेर २ लाख १७ हजार १०० रुपैंयाँ कायम भएकाे छ।
यसअघि साेमबार छापावाल सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। साेमबार तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २० रुपैंयाँ बढेर तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

September 16, 2025, Jyotishsanchar press

