राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा सरकारले राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको हो । राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

Sarwajanik Bida

September 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको