सुनको मूल्यमा एक हजारकाे गिरावट

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा एक हजारले घटेर २ लाख १६ हजार १०० रुपैंयाँ कायम भएकाे छ।

यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार तोलामा २ हजार ५९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ४५ रुपैंयाँ घटेर तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Gold

September 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको