बागमतीका सभामुख पाठकद्वारा राजीनामा

काठमाडौँ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । यसअघि आन्दाेलनका समयमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज राजीनामा दिएका हुन् ।

सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुखसमक्ष आज राजीनामा दिएका हुन् ।

उनले भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा सरकारकाे अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।

पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा सभामुख निर्वाचित भएका थिए ।

Bhuban Pathak

September 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको