सीपयुक्त श्रमिक दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि कार्यान्वयन नहुने

काठमाडौँ । दक्षिण कोरियामा सीपयुक्त नेपाली श्रमिक पठाउनेसम्बन्धी कार्यविधि तत्कालका लागि कार्यान्वयन नहुने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि कार्यविधि कार्यान्वयन नहुने भएकाे वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै जानकारी गराएको हो।

विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको निर्देशन अनुसार बि टु बि माध्यमबाट ई–७ भिसामा कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी उक्त कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनिएको छ।

विभागले यससम्बन्धी सम्पूर्ण सरोकारवालालाई जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरेको जनाएको छ।

Baidesik Rojgar

September 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको