टेलिकमकाे ‘संविधान दिवस अफर-२०८२’

काठमाडौँ । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ ल्याएकाे छ। टेलिकमले नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर-२०८२’ उपलब्ध गराइने जनाएको हाे।

कम्पनीका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ।
यसअन्तर्गत ४९ रुपैंयाँ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ।

यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ रुपैंयाँमा पाँच दिनसम्म चलाउन सकिने ६ जिबी, १९९ रुपैंयाँमा सात दिनसम्म चलाउन सकिने १३ जिबी, २९९ रुपैंयाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।

टेलिकमले अफर अन्तर्गत रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ।

Telecom

September 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको