कोशी ब्यारेजका ३५ ढाेका खुल्ला

सुनसरी। पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाे छ । कोशी ब्यारेज भएर बग्ने यस नदीमा बुधबार साँझदेखि पानीको बहाव वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राति १० बजे गरिएको मापनअनुसार दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ। यसअघि राति ८ बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव रहेको थियो ।

पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएका छन् भने खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।

Saptakoshi 1

September 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको