काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा नाै सयले घटेर २ लाख १६ हजार १०० रुपैंयाँ कायम भएकाे छ।
यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ। बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैंयाँ घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

September 18, 2025, Jyotishsanchar press

