काठमाडौँ। आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२, यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने नहुने भएका छन्।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धीस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मिहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

September 19, 2025, Jyotishsanchar press

