काठमाडौँ। दसैँ लक्षित नागरिक सहायता कक्ष बिहीबारदेखि सञ्चालनमा आएका छन् ।
बिहीबारदेखि उपत्यकाका नयाँ बसपार्क, कलंकी, बल्खु, भक्तपुर र कोटेश्वरमा दसैँलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको हाे। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबारदेखि थप नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइने छ।
दसैँमा लामो तथा छोटो दुरीका सार्वजनिक यातायातमा बढी भाडा लिएमा, सिट क्षमताभन्दा बढी यात्रु चढाएमा वा कुनै दुर्व्यवहार भएका नागरिकले सहायता कक्षबाट सेवा लिन सक्नेछन्।
लामो दुरीको बसमा दुई जना चालक अनिवार्य भए, नभएको तथा चालकले मापसे गरेको छ या छैन भन्ने विषयमा नागरिक सहायता कक्षबाट अनुगमन गरिने प्रहरीले जनाएकाे छ।

September 19, 2025, Jyotishsanchar press

