काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ।
आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा छ।
भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।
त्यसैगरि आज युरो एकको खरिददर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा छ। हिजो युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा थियो।
पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ७० पैसा र बिक्रीदर १९२ रुपैयाँ ५२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा छ। कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ २४ र बिक्रीदर ४६३ रुपैयाँ २१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७४ र बिक्रीदर ४६१ रुपैयाँ ७० पैसा थियो। आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा छ।
यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

September 19, 2025, Jyotishsanchar press

