आज प्रतिताेला आठ सयले बढ्याे सुनकाे मूल्य

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा आठ सयले बढेर २ लाख १६ हजार रुपैंयाँ कायम भएकाे छ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। बिहीबार तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ६० रुपैंयाँ बढेर तोलामा २ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Gold

September 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको