काठमाडौं । जेनजीको प्रदर्शनका कारण गत भदौ २३ र २४ गते नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै, नौ वटा बालसुधार गृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । एक हजार ४२२ मध्ये ९६४ जना बालसुधार गृहबाट भागेका थिए । ८ हजार ८१६ कैदीबन्दी अझै फरार रहेका र खोजी जारी रहेको विभागले जनाएको छ। अहिलेसम्म कारागारबाट भागेका मध्ये ५ हजार ४९५ र बालसुधार गृहबाट भागेका मध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् ।
नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

September 19, 2025, Jyotishsanchar press

