काठमाडौँ । गृह मन्त्रालयले चाडपर्व वा अन्य उत्सवमा केही उच्छृङ्खल गतिविधि भएकाे पाइए खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यसका लागि मन्त्रालयले माेबाइल नम्बर उपलब्ध गराएकाे छ ।
शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले सो आग्रह गरेको हो। यसका लागि ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको हाे ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार समाजमा देखिने वा देखिन सक्ने उच्छृङ्खल गतिविधिहरू र अन्य समस्याहरूको सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ।

September 19, 2025, Jyotishsanchar press

