आन्दोलनभित्र पसेर हिंसा गराउनेलाई कारबाही हुन्छः डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनआन्दोलनको बिगुल फुकेको कोइराला निवासलाई जलाएर इतिहास मेटाउने प्रयास गरिएको टिप्पणी गर्नुभएकाे छ।

उहाँले युवाहरुको आन्दोलनभित्र पसेर हिंसा गराउनेको विस्तारै पर्दाफास हुने र उनीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो। शनिबार विराटनगरस्थित कोइराला निवास पुगेर निरीक्षण गर्नुभएका काेइरालाले अब चुनावकाे तयारीमा लाग्न नेता / कार्यकर्तालाई आग्रह गर्नुभयाे ।

आफ्नो जलेको निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाउँदै उहाँले हालैको संसद विघटन संविधानसम्मत नभएको तर, देशलाई थप क्षतिबाट जोगाउने विकल्पको रुपमा प्रयोग गरिएको स्पष्ट गर्नुभयो।

Shekher Koirala

September 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको