काठमाडौं । यस वर्षकाे बडादशैंको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विदेशमा बस्ने नेपालीका निम्ति शनिबार (असोज ४) साइत सार्वजनिक गरेको हो ।
देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दशैंकाे टीकाको उत्तमसाइत रहेको समितिले जनाएको छ ।
विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।


September 20, 2025, Jyotishsanchar press

