काठमाडौँ । असोज ५ गते (आइतबार) सूर्यग्रहण लाग्ने भएकाे छ। तर यसपटककाे ग्रहण भने नेपालबाट देखिने छैन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक लाग्ने छैन ।
आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने, सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिले जनाएकाे छ।
आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ।

September 20, 2025, Jyotishsanchar press

