राष्ट्रपतिद्वारा एक विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण साे विधेयक आइतबार प्रमाणीकरण गर्नुभएको हाे । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार काेइरालाले यसकाे जानकारी दिनुभएकाे हाे ।

Ram Chandra Paudyal

September 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको