नेपाल टेलिकमकाे पर्व अफर शुरु

काठमाडौँ । नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘दशैं-तिहार-छठ अफर २०८२’ ल्याएको छ।

यस योजना अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका भ्वाइस र डाटा प्याकेजका साथै एफटीटीएच जडानमा पनि छुट दिइनेछ। यी अफरहरू असोज ६ गतेदेखि लागू हुनेछन्।

प्रमुख अफरहरू

एफटीटीएच प्याकेज: असोज ६ देखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई रु. ५०० को जडान शुल्क मिनाहा गरिनेछ।

डाटा प्याकेज:
फेस्टिभल अनलिमिटेड: रु. ४९९ मा ५ GB डाटा पाइनेछ। यो डाटा खपत भएपछि बाँकी अवधिभर २ Mbps गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। फेस्टिभल अनलिमिटेड प्रिमियम: रु. ६९९ मा १० GB डाटा पाइनेछ। यो डाटा खपत भएपछि बाँकी अवधिभर ३ Mbps गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

भ्वाइस र एसएमएस प्याकेज:
जोयफूल मिनेट्स: रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस कल गर्न सकिनेछ।
फेस्टिभ म्यासेज प्याकेज: रु. ९९ मा १००० अन-नेट एसएमएस उपलब्ध हुनेछ।
यी सबै मोबाइल प्याकेजको समयावधि प्रिपेडका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिन तोकिएको छ।

मोबाइल सेवाका यी प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यी प्याकेजहरू खरिद गर्न सक्नेछन्।

Telecom

September 22, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको