काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा सात सयले बढेर २ लाख १७ हजार आठ सय रुपैंयाँ कायम भएकाे छ। आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख १७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार तोलामा २ हजार ६२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैंयाँ बढेर तोलामा २ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

September 22, 2025, Jyotishsanchar press

