काठमाडौँ । एक वर्षमा ३७ हजार २६ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा आयोगको केन्द्रीय कार्यालय र माताहत कार्यालयमा दर्ता भएका २८ हजार ५५४ वटा र त्यस अघिको आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका आठ हजार ४७२ वटा गरी जम्मा ३७ हजार २६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ।
तीमध्ये सबैभन्दा बढी अर्थात् १० हजार २४५ वटा (२७.६७ प्रतिशत) उजुरी आयोगको वेबसाइट प्रयोग गरी अनलाइनबाट प्राप्त भएका छन्।

September 22, 2025, Jyotishsanchar press

