काठमाडौँ । सर्वोच्च अदालतमा दशैं बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएकाे छ ।
जसका लागि बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।
दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

September 22, 2025, Jyotishsanchar press

