वीरगञ्ज । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी सामान भित्रिएका हुन् ।
गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवमा आयात र निर्यात दुवैमा बृद्धि भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ । गत आवको दुई महिनामा ६ अर्ब पाँच करोड मूल्यको सामान विदेशी मुलुक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ ।

September 22, 2025, Jyotishsanchar press

