नमोबुद्धका पूर्वनगर प्रमुख टिपी शर्माकाे निधन

काभ्रे । गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका साे नगरपालिकाका पूर्वनगर प्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाकाे मंगलबार बिहान उपचारकै क्रममा निधन भएकाे छ ।

दुर्घटना भएसँगै उहाँकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे थियाे । तिमल्सिना नमाेबुद्धका पहिलाे नगरप्रमुख हुन् ।

साउन १० गते शनिबार बिहान नमोबुद्ध न.पा. २ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटना भएको थियाे । नार्केबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Tp Sharma

September 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको