सुनकाे मूल्य आज पनि उच्च विन्दुमा

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सार्वजनिक गरेको मूल्यअनुसार छापावाल सुन तोलामा तीन हजार नाै सयले बढेर २ लाख २१ हजार सात सय रुपैंयाँ कायम भएकाे छ।

आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि साेमबार छापावाल सुन तोलामा २ लाख १७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। साेमबार तोलामा २ हजार ६२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैंयाँ बढेर तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Gold

September 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको