काभ्रेमा टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध

धुलिखेल । काभ्रे जिल्लाभित्र दशैं अवधीभर टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला सुरक्षा समितिको असाेज ६ गतेको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएकाे हाे ।

बीपी राजमार्ग, अरनिको राजमार्गलगायत सडकमा हुने चाप तथा सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएकाे छ ।

Bb80e022 9d2c 4310 A983 46a2054a9aa9

September 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको