काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ चार पैसा र बिक्रीदर १०२ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिदर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ दुई पैसा कायम भएको छ ।

September 25, 2025, Jyotishsanchar press

