त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा चङ्गा उडाउन नपाइने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यस्ताे गतिविधि गर्नेलाई कारबाही गर्ने भएको हाे ।

पछिल्ला केही दिनयता विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गरेको पाइएका कारण सो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलले जनाएकाे छ ।

विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरिएकाे हाे ।

Tia Airport

September 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको